नेपाली

अखिल चीन उद्योग तथा वाणिज्य महासंघ स्थापनाको ७०औँ वार्षिकोत्सवमा चिनियाँ राष्ट्रध्यक्षको शुभकामना सन्देश

cri2023-10-24 18:42:06

अखिल चीन उद्योग तथा वाणिज्य महासंघ स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले बधाई पत्र पठाउनुभएको छ।

सीले आफ्नो बधाई पत्रमा उद्योग वाणिज्य महासंघको काम पार्टीको संयुक्त मोर्चाको काम र आर्थिक कार्यको महत्वपूर्ण भाग भएको बताउनुभएको छ। विगत ७० वर्षदेखि उद्योग वाणिज्य महासंघले सधैं पार्टीको नेतृत्वप्रति अडिग रहेर, पार्टी र देशको केन्द्रीय कार्यमा केन्द्रित रहँदै नयाँ चीन निर्माण, सुधार तथा खुलापनलाई अगाडि बढाउने महान् अभ्यासमा महत्वपूर्ण योगदान पुर्याएको पनि सीले उल्लेख गर्नुभयो।

सी चिनफिङले आशा गर्नुभएको छ कि बहुसंख्यक निजी आर्थिक व्यवसायीहरूले नयाँ विकास अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, उद्यमशीलतालाई जोडदार रूपमा प्रवर्द्धन गर्ने, उद्यमशीलता र नवप्रवर्तनको नमूना बन्न प्रयास गर्ने, र समाजमा योगदान पुर्‍याउने छन्। जसबाट आधुनिक समाजवादी देशको व्यापक निर्माण र चिनियाँ राष्ट्रको महान कायाकल्पको व्यापक प्रवर्द्धन गर्न सकिन्छ।

Close
Messenger Pinterest LinkedIn