नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ ली युआनद्वारा तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चका अतिथिका लागि स्वागत भोज

cri2023-10-18 10:26:29

अक्टोबर १७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र श्रीमती फङ ली युआनले जन बृहत सभा भवनमा पैचिङमा जारी तेस्रो ‘बेल्ट एण्ड रोड’ अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिन आएका अन्तर्राष्ट्रिय अतिथिहरूलाई स्वागत भोजको आयोजना गर्नुभएको छ।

स्वागत भोजमा राष्ट्राध्यक्ष सीले मन्तव्य दिंदै संयुक्त ‘बेल्ट एण्ड रोड’को दश वर्षयता चीनले विभिन्न साथीसँग शान्तिपूर्ण सहयोग, खुला र सहनशीलता, आपसी सिकाइ र साझा बिजयको सिल्क रोड भन्ने भावना अपनाएर संयुक्त रूपमा अन्तर्राष्ट्रिय आर्थिक सहयोग गर्न चौतारोको स्थापना गरेको र विश्व आर्थिक वृद्धिका लागि शक्ति दिएको बताउनुभयो।

हजारौँ सहयोग परियोजनालाई अघि बढाएर फलदायी उपलब्धी हासिल गरेको भन्जदै सीले यी उपलब्धी विभिन्न मुलुकका सरकार, व्यवसाय र जनताको मिहिनेत, बौद्धिकता र साहसिक प्रयासबाट हासिल भएको बताउनुभयो।

स्वागत भोजपछि सी चिनफिङ र श्रीमती फङ ली युआन तथा अतिथिहरूले ‘सिल्क रोडमा सँगसँगै जाने’नामक सांस्कृतिक प्रदर्शनी हेर्दै ‘बेल्ट एण्ड रोड’ मुलुकका रङगीन् सभ्यताको अनुभव पनि गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn