चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा च्याङ् सीको निरीक्षण भ्रमण
चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल च्याङ सीको निरीक्षण भ्रमण गर्नुभएको छ। त्यस अवधिमा उहाँले नयाँ युग र नयाँ यात्रामा पार्टीको केन्द्रिय कार्यभार बमोजिम सम्पूर्ण र निश्चित रूपमा नयाँ विकास विचारधारालाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभएको छ। च्याङ सीको विशेषता र उत्कृष्टताको सदुपयोग गर्दै उच्च गुणस्तरीय विकास, हरित विकास र कम कार्बन विकास लगायतका नयाँ आग्रह अनुसार याङ्सी नदीको आर्थिक बेल्टलाई अघि बढाउनुका साथै जोडतोडसँग चिनियाँ शैलीको आधुनिकीकरण सम्बन्धी च्याङ सीको नयाँ अध्याय कोर्नुपर्ने कुरा पनि उहाँले औँल्याउनुभएको छ।
अक्टोबर १० देखि १३ तारिखसम्म राष्ट्राध्यक्ष सी चिनफिङले अघिपछि गरी च्यौ च्याङ, चिङ द चन र शाङ राउ आदि शहर पुगेर याङ्सी नदीको किनार, उद्योग-व्यवसाय, ऐतिहासिक सांस्कृतिक सडक र ग्रामिण क्षेत्रहरूको निरीक्षण र अवलोकन गर्नुभएको छ।
निरक्षण भ्रमणको क्रममा राष्ट्राध्यक्ष सीले दृढताका साथ पर्यावरण अग्रसर भएर हरित विकास हुने बाटोमा हिँड्नुका साथै हरित परिवर्तनलाई सम्पूर्ण रूपमा अघि बढाएर पर्यावरणीय सभ्यताको निर्माणाधिन स्थलको स्थापना गर्दै जाने निर्देशन पनि दिनुभएको छ।