नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी तथा एशियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्षबीच भेटवार्ता

cri2023-09-22 20:11:47

सेप्टेम्बर २२ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका एसियाली ओलम्पिक काउन्सिलका कार्यवाहक अध्यक्ष राजा रणधीर सिंहसँग हाङचौमा भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा सीले भन्नुभयोः चीनले एसियाली ओलम्पिक काउन्सिलसँगको सहयोगलाई गहन पार्दै ओलम्पिक आन्दोलन महाकार्यलाई अघि बढाउँदै एसियाली जनताको एकता बढाउन इच्छुक छ। हाङचौ एसियाली खेलकुद सुरु हुन लागेको छ। हामी "चिनियाँ विशेषताहरू, एसियाली शैली र शानदार" को खेल घटनाको प्रतीक्षागर्दै यसको प्रत्यक्ष अवलोकन गरौँ।

Close
Messenger Pinterest LinkedIn