नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र सिरियाली राष्ट्रपति बीच भेटवार्ता

cri2023-09-22 19:24:36

सेप्टेम्बर २२ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका सिरियाली राष्ट्रपति बसर अल असदसँग चच्याङ प्रान्तीय हाङचौमा भेटवार्ता गर्नुभएको छ।

भेटवार्तामा राष्ट्राध्यक्ष सीले सिरियाली राष्ट्रपतिको स्वागत गर्दै यस एसियाली खेलकुदमा सिरियाली खेलाडीले उत्कृष्ट उपलब्धि पाउनेका लागि शुभकामना व्यक्त गर्नुभएको छ। सिरिया नै जनगणतन्त्र चीनसँग दौत्य सम्बन्ध स्थापना भएको पहिलो अरब मुलुकमध्येको एक हो। कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ वर्षमा चीन-सिरिया सम्बन्धले अन्तर्राष्ट्रिय परिस्थितिमा आएको परिवर्तन पार पार्दै दुई देशबीचको मित्रता प्रगाढ हुँदै आएको छ। दुवै पक्षले संयुक्त रूपमा चीन-सिरिया रणनीतिक साझेदारी सम्बन्धको स्थापनाको घोषणा गरेको कुरालाई द्विपक्षीय सम्बन्धको इतिहासमा एक महत्वपूर्ण कोसेढुङ्गा मानिन्छ। सिरियासँग एकअर्काको दृढतापूर्वक समर्थन गर्दै मैत्रीपूर्ण सहयोगलाई बढाएर अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्ने काम संयुक्त रूपमा गर्न चीन इच्छुक छ।

Close
Messenger Pinterest LinkedIn