नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी तथा अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्षबीच भेटवार्ता

cri2023-09-22 19:25:49

सेप्टेम्बर २२ तारिख दिउँसो, चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा भाग लिन चीन आउनुभएका अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाहसँग हाङचौमा भेटवार्ता गर्नुभएको छ।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अध्यक्ष बाहको स्वागत गर्दै भन्नुभयोः तपाईं चिनियाँहरूको पुरानो र राम्रो मित्र हुनुहुन्छ। चीनको ओलम्पिक आन्दोलन र खेलकुदको विकासका लागि तपाईं दीर्घकालीन सहयोग दिँदै आउनुभएकामा चीन सरकार र चिनियाँ जनताका तर्फबाट तपाईं र आईओसीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

चीनले सधैं खेलकुदको विकासमा महत्व दिइरहेको छ र अन्तर्राष्ट्रिय ओलम्पिक मामिलामा सक्रियताका साथ भाग लिइरहेको छ। द्विपक्षीय सहयोगको नयाँ अध्याय लेख्न, ओलम्पिक आन्दोलनलाई अघि बढाउन र मानव जातिको साझा भाग्य समुदायको निर्माण गर्न चीन आईओसीसँग मिलेर काम गर्न इच्छुक छ।

Close
Messenger Pinterest LinkedIn