नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अमेरिका चीन अन्तरिक्ष सम्पदा कोषका अध्यक्ष र फ्लाइङ टाइगर्सका पुराना सिपाहीँलाई जवाफी पत्र

CRI2023-09-19 14:55:14

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १२ तारिख अमेरिका चीन अन्तरिक्ष सम्पदा कोषका अध्यक्ष जेफरी ग्रीन र फ्लाइङ टाइगर्सका पुराना सिपाहीँ मोए र म्याक मालनलाई जवाफी पत्र पठाउनुभएको छ।

आफ्नो पत्रमा राष्ट्राध्यक्ष सीले अमेरिका चीन अन्तरिक्ष सम्पदा कोष र फ्लाइङ टाइगर्सका पुराना सिपाहीँहरूलाई सम्मान तथा आदर व्यक्त गर्नुभएको छ। लामो समययता सो कोष र फ्लाइङ टाइगर्सका पुराना सिपाहीँहरूले मिहिनेतकासाथ चीन र अमेरिका बीच फ्लाइङ टाइगर्स कथाको प्रचार प्रसार गर्दै आएकाले झन् झन् बढी अमेरिकी किशोर किशोरीहरू फ्लाइङ टाइगर्स मैत्री स्कुल योजनामा संलग्न भएको खबर सुन्दा आफुलाई निकै खुसी लागेको पनि राष्ट्राध्यक्ष सीले औँल्याउनुभयो।

नयाँ युगमा चीन अमेरिका सम्बन्धको स्वस्थ र स्थिर विकासका लागि नयाँ युगमा फ्लाइङ टाइगर्सका सदस्यहरूको सहभागिता र समर्थन हुनुपर्छ। त्यसैगरी, फ्लाइङ टाइगर्सको भावनालाई दुवै देशका जनता बीच युगौँ युगसम्म पछ्याउँदै जाने आशा पनि राष्ट्राध्यक्ष सीले आफ्नो पत्रमा व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn