नेपाली

सी चिनफिङद्वारा उत्तरपूर्वी विश्वविद्यालयका शिक्षक र विद्यार्थीलाई जवाफी चिठ्ठी

cri2023-09-16 16:37:48

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर १५ तारिख उत्तरपूर्वी विश्वविद्यालयका सबै शिक्षक तथा विद्यार्थीहरूलाई जवाफ चिठ्ठी पठाउँदै सबै शिक्षक, विद्यार्थीहरूलाई हार्दिक बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले उत्तरपूर्वी विश्वविद्यालय स्थापनाको १००औँ वार्षिकोत्सवको अवसरमा विश्वविद्यालयका कर्मचारी र पूर्व विद्यार्थीहरूलाई शुभकामना व्यक्त गर्नुभएको हो।

सी चिन फिङले आफ्नो स्थापनाकालदेखि नै उत्तरपूर्वी विश्वविद्यालयले ठूलो संख्यामा उत्कृष्ट प्रतिभा उत्पादन गरेको र देशका लागि सकारात्मक योगदान दिएको बताउनुभयो। सी चिनफिङले नयाँ प्रारम्भिक बिन्दुमा उभिएर उत्तरपूर्वी चीनको व्यापक पुनरुत्थान र चिनियाँ शैलीको आधुनिकीकरणलाई अगाडि बढाउन उत्तरपूर्वी विश्वविद्यालयले नयाँ र ठूलो योगदान दिने आशा राख्रनुभयो।

Close
Messenger Pinterest LinkedIn