नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा चीन-युरोप रेल अन्तर्राष्ट्रिय सहयोग मञ्चलाई बधाई पत्र

cri2023-09-15 14:29:43

सेप्टेम्बर १५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन-युरोप रेल अन्तर्राष्ट्रिय सहयोग मञ्चलाई बधाई पत्र पठाउनुभएको छ।

चीन-युरोप रेल सुरू भएदेखि नै सुरक्षित र सुचारू रूपमा सञ्चालन भइरहेको र एशिया-युरोप अन्तर्राष्ट्रिय ढुवानीको नयाँ तरिकाको सिर्जना गरेर रेलमार्ग वरिपरि आर्थिक व्यापारिक नयाँ चौतारोको स्थापना भएको तथा अन्तर्राष्ट्रिय व्यवसाय श्रृंखला र आपूर्ति श्रृंखलाको स्थिरताको प्रत्याभूति गरेको र विश्व आर्थिक विकासमा नयाँ जीवन्त शक्ति थपेको राष्ट्राध्यक्ष सीले पत्रमा औँल्याउनुभएको छ।

चीनले विभिन्न पक्षसँग शान्तिपूर्ण सहयोग, खुलापन र सहनशीलता, साझा विजयको सिल्क रोड भावना अपनाएर चीन-युरोप रेललाई उच्च गुणस्तरीय, उच्च फाइदा र उच्च सुरक्षातिर विकास पार्ने, विश्व आर्थिक विकासलाई बढाउने, विभिन्न मुलुकका जनताको हित कल्याण बढाउने तथा मानव जाति भाग्य एकरूपताको स्थापना गर्न नयाँ उपलब्धि हासिल गर्न प्रयास गर्दै जाने पनि उहाँले बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn