नेपाली

राष्ट्राध्यक्ष सी र जाम्बियाका राष्ट्रपति हिचिलेमा बीच भेटवार्ता

CRI2023-09-15 14:05:38

सेप्टेम्बर १५ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चीनको भ्रमणमा रहनुभएका जाम्बियाका राष्ट्रपति हकाइन्दे हिचिलेमासँग भेटवार्ता गर्नुभएको छ। वार्तामा उहाँहरूले चीन-जाम्बिया सम्बन्धलाई चौतर्फी रणनैतिक सहयोगात्मक साझेदार सम्बन्धसम्म पुर्याउने जनाउनुभएको छ।

वार्ताअघि जाम्बियाका राष्ट्रपतिका लागि जनबृहत् सभाभवन बाहिर थ्येनअनमन चोकमा स्वागत समारोह आयोजना गरिएको थियो।

राष्ट्राध्यक्ष सी चिनफिङको निमन्त्रणामा जाम्बियाका राष्ट्रपति हकाइन्दे हिचिलेमा सेप्टेम्बर १० देखि १६ सम्म चीनको राजकीय भ्रमणमा आउनुभएको हो।

Close
Messenger Pinterest LinkedIn