नेपाली

सी चिनफिङद्वारा भेनेजुएलाका राष्ट्रपतिसँग भेटवार्ता

cri2023-09-13 18:36:31

सेप्टेम्बर १३ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो मोरोससँग भेटवार्ता गर्नुभएको छ।

सो अवसरमा सी चिनफिङले राष्ट्रपतिको पदभार सम्हालेयताको पाँचौ चीन भ्रमणको स्मरण गर्दै यसबाट चीन र भेनेजुएलाबीच दाजु-भाइ जस्तो मित्रता पूर्ण रूपमा प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो।

सीले चीनले रणनीतिक उचाइ र दीर्घकालीन दृश्यबाट हेरी भेनेजुएलासँग सम्बन्धको विकास गरेको भन्दै राष्ट्रिय सार्वभौमिकता र गरिमाका साथै सामाजिक स्थिरताको संरक्षण गर्न भेनेजुएलालाई समर्थन गर्ने दोहोर्याउनुभयो। चीन-भेनेजुएला सम्बन्धलाई चौबीसै घण्टाको रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने कुरा घोषणा गरेकोमा आफूलाई निकै खुशी लागेको पनि सीले बताउनुभयो।

सी चिनफिङले आगामी वर्ष दुई देशबीच दौत्य सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव हो भन्दै आफूले चीन-भेनेजुएला सम्बन्धको प्रारूप तयार गरी दुई देशका जनतालाई अरू बढी फाइदा पुर्याएर विश्वको शान्ति र विकासमा नयाँ शक्ति थप्ने इच्छा लिएको व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn