नेपाली

खुन्जराब नाकाका भन्सार अधिकृतहरूलाई चिनियाँ राष्ट्राध्यक्षको जवाफ

CRI2023-09-12 14:24:52

चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सेप्टेम्बर ११ मा खुन्जरfब नाकाका सबै भन्सार अधिकृतहरूलाई जवाफी चिट्ठी पठाउनुभएको छ। चिट्ठीमा सीले भन्सार प्रणालीमा कार्यरत सबैले आफ्नो कर्तव्य र कार्यभारलाई अझ राम्रोसँग निर्वाह गर्ने अपेक्षा रहेको व्यक्त गर्नुभएको छ।

जवाफमा सी चिनफिङले यसरी भन्नुभयोः 'तपाईँहरूले चिसो, जाडो र अक्सिजनको कमी जस्ता कठिनाइहरूलाई पार गरेर असाधारण उपलब्धि हासिल गर्नुभएको छ। यस अवसरमा भन्सारका सबै कर्मचारीलाई हार्दिक बधाई दिन चाहन्छु! देशको सुरक्षा र विकासको प्रबर्द्धन गर्ने जिम्मेवारी तथा कार्यभार भन्सारमा कार्यरत सबैको काँधमा रहेकाले सम्बद्ध कामलाई राम्रोसँग गर्नु निकै महत्वपूर्ण रहेको राष्ट्राध्यक्ष सी चिनफिङले पुष्टि गर्नुभयो।

पामिर पठारभूमिमा अवस्थित खुन्जराब नाका, "जनजीवनका लागि कठिन क्षेत्र" भनेर चिनिन्छ। खुन्जराब बन्दरगाह चीन र पाकिस्तानलाई जोड्ने एकमात्र स्थल बन्दरगाह हो। भन्सार प्रणाली लागू भएको २०औँ वार्षिकोत्सवका अवसरमा खुन्जराब भन्सारका सबै भन्सार अधिकृतले राष्ट्राध्यक्ष सी चिनफिङलाई पठाएको चिट्ठीमा चिनियाँ शैलीको आधुनिकीकरणको प्रवर्द्धनमा योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

Close
Messenger Pinterest LinkedIn