फुच्याङ नवीकरण मञ्चलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको शुभकामना सन्देश
सेप्टेम्बर १० मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फुच्याङ नवीकरण मञ्च २०२३ लाई शुभकामना सन्देश पठाउनुभएको छ। उहाँले आफ्नो शुभकामना सन्देशमा भन्नु भएको छः 'वैज्ञानिक र प्राविधिक नविनता मानवजातिले संयुक्त सामना गर्नुपर्ने जोखिम र चुनौतीहरू हुन् र यो नै शान्ति र विकासलाई बढाउने एक महत्वपूर्ण शक्ति हो। हामीले अझ खुला सोच र कदमहरूको साथ अन्तर्राष्ट्रिय वैज्ञानिक र प्राविधिक आदानप्रदान र सहयोगलाई बढाउँदै गर्नुपर्छ।"
सन् २००८ मा स्थापित फुच्याङ नवीकरण मञ्च चीनको विज्ञान र प्रविधि मन्त्रालय र शाङहाई नगरपालिका सरकारको संयुक्त संयोजनमा आयोजित भइरहेको छ। उक्त मञ्चले सँधै नवीनताको विषयमा ध्यान केन्द्रित गरिरहेको छ। बितेका वर्षहरूयता, विभिन्न क्षेत्रहरूको हेरचाह, समर्थन तथा संयुक्त प्रयासमा, उक्त मञ्चको स्तर र अन्तर्राष्ट्रिय प्रभाव बढ्दै गइरहेको छ। साथै, चीनको नवीनता-संचालित विकास रणनीतिको गहन कार्यान्वयन, उच्च-स्तरीय वैज्ञानिक र प्राविधिक आत्मनिर्भरता र शाङहाईको अन्तर्राष्ट्रिय विज्ञान र प्रविधि नविनता केन्द्रको निर्माणको लागि पनि महत्त्वपूर्ण समर्थन प्रदान गर्दै आएको छ।