नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्राजिलका राष्ट्रपति लुलालाई समवेदना सन्देश

cri2023-09-09 18:47:18

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सेप्टेम्बर ९ तारिख ब्राजिलको दक्षिणी भागमा गम्भीर वर्षा र बाढी प्रकोप पीडित भएकाले ठूलो हताहती भएकामा ब्राजिलका राष्ट्रपति लुइज लुला डा सिल्भालाई समवेदना सन्देश पठाउनुभएको छ।

आफ्नो समवेदना सन्देशमा राष्ट्राध्यक्ष सीले चीन सरकार र चिनियाँ जनताको तर्फबाट मृतकहरूप्रति हार्दिक श्रद्धान्जली प्रकट गर्नुका साथै उनीहरुका परिवारजनलाई सान्त्वना व्यक्त गर्नुभएको छ। ब्राजिलका प्रकोपक्षेत्रका जनताले कठिनाइलाई जितेर घरबारको पुनर्स्थापना गर्नसक्ने विश्वास पनि उहाँले प्रकट गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn