नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा दशौँ शाङहाई सहयोग संगठनको कानून मन्त्री सम्मेलनलाई बधाई सन्देश

cri2023-09-05 15:57:13

सेप्टेम्बर ५ तारिख, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दशौँ शाङहाई सहयोग संगठनको कानून मन्त्री सम्मेलनलाई बधाई पत्र पठाउनुभएको छ।

पत्रमा राष्ट्राध्यक्ष सीले सन् २०१३ देखि शाङहाई सहयोग संगठनको कानून मन्त्री सम्मेलनको संयन्त्र सञ्चालन भएयता विभिन्न सदस्य मुलुकले ‘शाङहाई भावना’ अपनाएर आपसी समर्थन र सहयोग गरी आफ्नो मुलुकको कानूनी निर्माणलाई अघि बढाएको, विभिन्न सरकारबीचको कानूनी क्षेत्रको आदानप्रदानलाई सबल पारेको, निरन्तर रूपमा कानून सेवा प्रदान गर्ने क्षेत्रको व्यावहारिक सहयोगलाई जारी राखेको, विभिन्न मुलुकले दृढताका साथ संयुक्त राष्ट्र संघ केन्द्रित अन्तर्राष्ट्रिय प्रणाली र अन्तर्राष्ट्रिय कानून आधारित अन्तर्राष्ट्रिय परिपाटीको संरक्षण गरिरहेको औँल्याउँदै यसले महत्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्त गर्नुभएको छ।

चीनले शाङहाई सहयोग संगठनका विभिन्न मुलुकसँग नयाँ युगमा कानून क्षेत्रको आदानप्रदान र सहयोगलाई गहन पार्ने इच्छा लिएको बताउनुहुँदै राष्ट्राध्यक्ष सीले कानूनी तरिकाबाट विभिन्न मुलुकको अर्थतन्त्रको उच्च गुणस्तरीय विकास गर्न पनि जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn