नेपाली

विश्व अर्थतन्त्रलाई निरन्तर सुधारको मार्गमा अघि बढाउन चीन इच्छुक: सी चिनफिङ

CRI2023-09-02 15:39:00

सेप्टेम्बर २ को बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय सेवा व्यापार मेला २०२३ अन्तर्गत विश्व व्यापार शिखर सम्मेलनलाई भिडियो भाषण दिनुभएको छ।

सम्बोधनमा विश्व अर्थतन्त्रबारे चर्चा गर्दै उहाँले यसरी भन्नुभयो, ‘यो वर्ष चीनको सुधार र खुलापन लागू भएको ४५ औँ वार्षिकोत्सव हो र चीनले उच्चस्तरीय खुलापनलाई बढाउँदै उच्च गुणस्तरको विकासले चिनियाँ शैलीको आधुनिकीकरणलाई व्यापक रूपमा प्रवर्द्धन गरेर विश्वका विभिन्न देशहरूबीच खुलापन र सहयोगका लागि नयाँ अवसरहरू प्रदान गर्दै जाने छ। चीनले विभिन्न मुलुकसँगै मिलेर सेवा तथा खुलापनमार्फत् समावेशी विकासलाई बढाउँदै जाने छ। सेवारत सहयोगको माध्यमबाट सम्पर्क र मिलनलाई बढाउँदै जाने छ। सेवारत नवीनतामार्फत् विकासको शक्तिलाई बढाउँदै जानेछ र सेवारत साझेदारी गर्दै उज्ज्वल भविष्य सिर्जना गर्दै जाने छ। जसले गर्दा विश्व अर्थव्यवस्थालाई दिगो पुनरुत्थानको बाटोमा धकेल्न सक्ने आशा गरिएको छ।’

Close
Messenger Pinterest LinkedIn