नेपाली

चिनियाँ राष्ट्रिय रक्षा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना भएको ७०औं वार्षिकोत्सवमा राष्ट्राध्यक्ष सी चिनफिङको बधाइ

CRI2023-09-01 17:17:51

सेप्टेम्बर १ तारिख चिनियाँ राष्ट्रिय रक्षा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना भएको ७०औं वार्षिकोत्सवको उपलक्ष्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हार्दिक बधाइ व्यक्त गर्नुभएको छ।

उहाँका अनुसार, ७० वर्षयता राष्ट्रिय रक्षा विज्ञान तथा प्रविधि विश्वविद्यालयले केन्द्रिय समिति र केन्द्रिय सैन्य आयोगको निर्णय-निर्देशनको पालना गरी धेरै वरिष्ठ व्यक्तिलाई प्रशिक्षित गर्नुका साथै अत्याधुनिक प्रविधिको अनुसन्धान गरी हतियारको अनुसन्धानमा धेरै महत्वपूर्ण उपलब्धि हासिल गरेर राष्ट्रिय रक्षा तथा फौजको निर्माणमा महत्वपूर्ण योगदान दिएको छ।

चिनियाँ राष्ट्रिय रक्षा विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापना भएको ७०औं वार्षिकोत्सव समारोह १ तारिख विहान हु नान प्रान्तीय छाङ शा शहरमा आयोजित भएको छ। केन्द्रिय समितिका सदस्य एवम् केन्द्रिय सैन्य आयोगका उपाध्यक्ष चाङ यौस्याले सी चिनफिङको बधाइ पत्र पढ्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn