नेपाली

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोद्वारा बैठकको आयोजना

CRI2023-09-01 10:49:48

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोले अगष्ट ३१ तारिख बैठकको आयोजना गर्दै “अधिकृतको शैक्षिक तालिम कार्य नियम” र “देशभर अधिकृतको शैक्षिक तालिम योजना सन् २०२३-२०२७”को लेखाजोखा गरेको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुभएको छ।

बैठकमा भनिएको छ, ‘अधिकृतको शैक्षिक तालिम नै उच्च गुणस्तरीय अधिकृत पङक्तिको स्थापना गर्ने निर्देशित, आधारभुत र रणनीतिक परियोजना भएकाले चिनियाँ विशेषतायुक्त समाजवादी महान कार्य र पार्टीको निर्माण गर्ने नयाँ महान कार्यमा त्यसको साट्न नसकिने महत्वपूर्ण स्थान र भूमिका रहेको छ।’

सी चिनफिङ नयाँ युगको चिनियाँ विशेषतायुक्त समाजवादी विचारधारालाई सम्पूर्ण रूपमा व्यवहारमा उतार्नुका साथै नयाँ युगमा पार्टी निर्माणको समष्टिगत माग र नयाँ युगको पार्टीको संगठित मोर्चालाई निष्ठापूर्वक पालना गर्नुपर्ने कुरा पनि उक्त बैठकले जनाएको छ।

Close
Messenger Pinterest LinkedIn