नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सैन्य विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीलाई चिट्ठी

CRI2023-08-31 15:58:32

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रिय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले आनह्वी प्रान्तीय छ्यानशानयेचाइ माध्यामिक विद्यालयबाट सैन्य विद्यालयमा नयाँ भर्ना भएका २९ जना विद्यार्थीलाई चिट्ठी लेखेर उत्प्रेरित गर्नुभएको छ।

आनह्वी प्रान्तीय छ्यानशानयेचाइ माध्यामिक विद्यालय प्राचीन क्रान्ति क्षेत्रमा पर्दछ। यस वर्ष उक्त माध्यामिक विद्यालयका कम्तीमा १०० जना विद्यार्थीहरूले सैन्य विद्यालयमा भर्ना हुनका लागि प्रवेशिका परीक्षा दिएका थिए। तीमध्ये २० जना ९ सैन्य विद्यालयबाट भर्ना गरिएका छन्। यी २० जनाले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाएर राष्ट्रिय रक्षामा योगदान गर्ने अठोट तथा विश्वास व्यक्त गरेका छन्।

Close
Messenger Pinterest LinkedIn