नेपाली

राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ब्रिक्स मुलुकको शिखर सम्मेलन सम्पन्न भएपछि स्वदेश फिर्ता

cri2023-08-25 16:41:22

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट २४ तारिख राति ब्रिक्स मुलुकका नेतागणको १५ औँ भेटघाट र दक्षिण अफ्रिकाको राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्कनु भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका स्थायी सदस्य एवम् केन्द्रीय कार्यालयका सचिव छाइ छी, चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्युरोका सदस्य एवम् परराष्ट्र मन्त्री वाङ यी पनि उहाँका साथमा स्वदेश फर्कनुभएको छ।

जोहनस्वर्ग छाड्नुअघि राष्ट्राध्यक्ष सीको सम्मानमा दक्षिण अफ्रिकी विदेशी मन्त्री लगायतका सरकारी उच्च पदाधिकारीहरूले विमानस्थलमा उहाँलाई बिदाइ गर्नु भएको थियो।

Close
Messenger Pinterest LinkedIn