नेपाली

ब्रिक्स विस्तारमा जोड दिनु ब्रिक्स सहयोगको नयाँ सुरुवात भएको सी चिनफिङको भनाइ

cri2023-08-24 16:56:43

स्थानीय समय अनुसार अगस्ट २४ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जोहानसबर्गमा आयोजना भएको १५ औँ ब्रिक्स शिखर सम्मेलनको विशेष पत्रकार सम्मेलनमा सहभागी हुनुभयो। उक्त पत्रकार सम्मेलनले साउदी अरेबिया, इजिप्ट, संयुक्त अरब इमिरेट्स, अर्जेन्टिना, इरान र इथियोपियालाई आधिकारिक रूपमा ब्रिक्स परिवारको सदस्य बन्न आमन्त्रित गरेको घोषणा गरेको छ।

सो अवसरमा सी चिनफिङले महत्त्वपूर्ण सम्बोधन पनि गर्नुभयो। उहाँका अनुसार ब्रिक्सको यो विस्तार ऐतिहासिक छ र यसले ब्रिक्स राष्ट्रहरु र विकासशील देशहरूबीच एकता र सहकार्य गर्ने दृढ संकल्पलाई प्रतिबिम्बित गर्दछ। यसले अन्तर्राष्ट्रिय समुदायको अपेक्षाहरू पूरा गर्दछ र उदीयमान बजार देशहरू र विकासोन्मुख देशहरूको साझा हितसँग अनुकूल छ। उदीयमान बजार र विकासशील देशहरू बीच एकता र सहयोगको नयाँ अध्याय लेख्न सम्बन्धी विभिन्न पक्ष सँगै काम गरौँ भन्ने आह्वान राष्ट्राध्यक्ष सीले गर्नुभएको छ।

सम्मेलनले पन्ध्रौं ब्रिक्स नेताहरूको बैठकको जोहानसबर्ग घोषणापत्रलाई स्वीकृत गर्दै जारी गरेको छ।

Close
Messenger Pinterest LinkedIn