नेपाली

सी चिनफिङ र इथियोपियाका प्रधानमन्त्री अबीबीच भेटघाट

cri2023-08-24 10:02:25

स्थानीय समयअनुसार अगष्ट २३ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा ब्रिक्स मुलुकका नेताहरूको १५औं भेटवार्ताको अवसरमा इथियोपियाका प्रधानमन्त्री अबी अहमेदसँग भेटघाट गर्नुभएको छ।

भेटमा सी चिनफिङले चीन इथियोपियाका भरपर्दो मित्र र साँच्चै साझेदार हो भन्दै हालैका वर्षहरूयता दुई मुलुकले“बेल्ट एण्ड रोड”को साझा निर्माण, चीन-अफ्रिका सहयोग मञ्चआदि प्रारुपहरूमा फलदायी उपलब्धि हासिल गरेका कुरा बताउनुभयो।

सी चिनफिङले चीनले अझै धेरै चिनियाँ उद्योग-व्यवसायलाई लगानी गर्न इथियोपिया जान प्रोत्साहन गर्नुका साथै चीनले इथियोपियासँग मिलेर क्षेत्रीय शान्ति र स्थिरताका लागि योगदान दिने आशा लिएको कुरा बताउनुभयो।

त्यसक्रममा प्रधानमन्त्री अबीले लामो समययता चीनले इथियोपियालाई समर्थन दिएकोमा कृतज्ञता ज्ञापन गर्नुका साथै चीनको मद्दत र सहयोगका कारण इथियोपियामा ठूलो विकास र परिवर्तन भएको कुरामा जोड दिनुभयो। अबीले इथियोपियाले चीनसँग कृषि, खनिजआदि क्षेत्रहरूको सहयोगलाई सबल पार्ने आशा लिनुका साथै ब्रिक्समा संलग्न हुने आशा लिएको कुरा बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn