नेपाली

चिनियाँ राष्ट्राध्यक्ष र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच भेटवार्ता

cri2023-08-22 18:53:15

स्थानीय समयअनुसार अगष्ट २१ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण अफ्रिकी राष्ट्रपति रामाफोसासँग भेटवार्ता गर्नुभएको छ। सो अवसरमा राष्ट्राध्यक्ष सीले आफ्नो भ्रमण चिनियाँ राष्ट्राध्यक्षका हैसियतले दक्षिण अफ्रिकाको भ्रमण गरेको चौथो पटक रहेको स्मरण गराउनुभयो। पाँच वर्षपछि आफूले फेरि दक्षिण अफ्रिकाको भ्रमण गर्न पाउँदा निकै खुशी र आनन्द लागेको बताउनुभयो। चीन र दक्षिण अफ्रिकाबीचको राम्रो तथा गहिरो सम्बन्ध दुबै राष्ट्रका पार्टीहरुले आ-आफ्ना विकास बाटोमा गहन मित्रता बनाउने आकारमा स्थापना भएको छ। हिजोआज नयाँ ऐतिहासिक शुरुवातमा मित्रताको विस्तार गर्दै,सहयोगलाई गहन पार्दै जानु नै दुई राष्ट्रबीचको साझा इच्छा हो। राष्ट्रपति रामाफोसासँग चीन र दक्षिण अफ्रिकाबीचको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सँयुक्त प्रयास गर्दै जाने कुरामा राष्ट्राध्यक्ष सी चिनफिङले जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn