नेपाली

सी चिनफिङ दक्षिण अफ्रिकाको जोहान्सबर्गमा

cri2023-08-22 10:26:38

स्थानीय समय अनुसार अगष्ट २१ तारिख राति चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जोहान्सबर्गमा पुगी ब्रिक्स मुलुकका नेताहरूको १५औं भेटवार्तामा भाग लिनुका साथै दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्दै हुनुहुन्छ।

दक्षिण अफ्रिकाका राष्ट्रपति माटामेला सिरिल रामाफोसाले विदेश मन्त्री, महिला, युवा, फरक क्षमतामन्त्रीआदि सरकारी अधिकृतहरूको नेतृत्व गरी विमानस्थलमा सी चिनफिङको स्वागत गर्नुभयो।

रामाफोसाले राष्ट्राध्यक्ष सी चिनफिङलाई दक्षिण अफ्रिकाको राजकीय भ्रमण गर्न स्वागत व्यक्त गर्नुभयो। सी चिनफिङले दक्षिण अफ्रिकाको फेरि भ्रमण गरेकोमा खुशी लागेको कुरा व्यक्त गर्नुका साथै राष्ट्रपति रामाफोसासँग चीन र दक्षिण अफ्रिकाबीचको सम्बन्ध र साझा अभिरुचिका विषयहरूबारे वैचारिक आदान-प्रदान गर्ने कुरा बताउनुभयो।

सी चिनफिङले विमानस्थलमा सम्बोधन गर्दै चीन सरकार र चिनियाँ जनताको तर्फबाट दक्षिण अफ्रिका सरकार र जनतालाई हा‍र्दिक अभिवादन गर्नुभयो। सीले चालू वर्ष चीन र दक्षिण अफ्रिकाबीचको दौत्य सम्बन्धको स्थापना भएको २५औं वार्षिकोत्सव हो र दुई मुलुकको रणनीतिक साझेदारी सम्बन्ध नयाँ चरणमा प्रवेश भएको कुरामा जोड दिनुभयो। साथै उहाँले दुई पक्षको प्रयासमा उहाँको यस पटकको भ्रमणले सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn