नेपाली

बाढी नियन्त्रण,प्रकोप राहत र प्रकोपपछिको पुनःनिर्माणबारे सी चिनफिङद्वारा महत्वपूर्ण निर्देशन

cri2023-08-18 14:34:45

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिले अगष्ट १७ तारिख एउटा बैठकको आयोजना गरी बाढी नियन्त्रण, प्रकोप राहत र प्रकोपपछिको पुनःनिर्माणबारे अध्ययन र निर्देशन दिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिका महासचिव सी चिनफिङले बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण भाषण गर्नुभएको छ।

बैठकले सी चिनफिङ केन्द्रित सीपीसी केन्द्रिय समितिको नेतृत्वमा प्रकोप राहतको चरणवद्ध उपलब्धि हासिल गरिएको उल्लेख गरेको छ। हाल चीन अझ मुख्य बाढीप्रकोपको समयमा रहेकोले प्रकोप प्रतिरोध गर्न अझ ध्यान दिनुपर्ने बैठकले दोहोर्याएको छ।

बैठकले सक्दो प्रयास गरी उद्धार र राहत उपलब्ध गराएर हताहतीलाई सकेसम्म कम पार्नुपर्ने भन्दै प्रकोपपीडित सर्वसाधारणको आधारभूत जीवनको आवश्यकता दिनुका साथै पूर्वाधार मर्मत, कृषि राहत, स्वास्थ्य लगायतको संरक्षण गर्नुपर्ने कुरामा जोड दिएको छ।

Close
Messenger Pinterest LinkedIn