नेपाली

पाकिस्तान केप प्रदेश भएको आत्मघाती बम आक्रमणप्रति चीनका राष्ट्राध्यक्षद्वारा पाकिस्तानी राष्ट्रपतिलाई समवेदना व्यक्त

cri2023-08-02 09:55:03

अगस्ट १ तारिख राति, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पाकिस्तानको केप प्रदेशमा भएको आत्मघाती बम आक्रमणप्रति पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीलाई टेलिफोन गरी समवेदना व्यक्त गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले केप प्रदेशमा भएको आत्मघाती बम आक्रमणबाट मृत्यु र गम्भीर घाइते भएको सुन्दा आफूलाई अचम्म लागेको बताउनुभएको छ। उहाँले चिनियाँ सरकार र चिनियाँ जनताको तर्फबाट मृतकहरुप्रति गहिरो श्रद्धान्जली व्यक्त गर्नुका साथै घाइतेलाई समवेदना व्यक्त गर्नु भएको छ।

चीनले सबै तरिकाको आतंकवादको विरोध गर्दै यस्ता आक्रमणकारी घटनामाथि कडा निन्दा गर्ने र पाकिस्तानले राष्ट्रिय आतंकवाद विरोधी गतिविधिलाई अघि बढाउनेमा चीनले दृढ समर्थन गर्दै पाकिस्तानसँग क्षेत्रीय र विश्व शान्ति तथा सुरक्षाको संरक्षण गर्ने राष्ट्राध्यक्ष सीले बताउनुभएको छ।

सोही दिन चीनका प्रधानमन्त्री ली छ्याङले पाकिस्तानका प्रधानमन्त्री सहवाज शरीफलाई टेलिफोन गरी समवेदना व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn