नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा एयरबोर्न टोलीलाई जवाफी पत्र

cri2023-08-01 14:03:34

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एउटा ‘नमूना एयरबोर्न टोली’लाई जवाफी पत्र पठाएर अगस्ट १ चिनियाँ मुक्ति सेनाको स्थापना भएको महोत्सवमा बधाई दिनुभएको छ।

उक्त ‘नमूना एयरबोर्न टोली’ एउटा गौरव परम्परा रहेको बहादुर टोली हो। केही दशक लगातार उत्कृष्ट काम गरिरहेकाले सन् २०१३ मा राष्ट्राध्यक्ष सीले चिनियाँ सैन्य आयोगको आदेश दिएर उक्त टोलीलाई ‘नमूना एयरबोर्न टोली’को गौरव नाम दिनुभएको थियो। हालै उक्त टोलीका सबै सदस्यले राष्ट्राध्यक्ष सीलाई पत्र लेखेर आफ्ना कामको रिपोर्ट गरेका छन्।

जवाफी पत्रमा राष्ट्राध्यक्ष सीले एयरबोर्न टोलीले हासिल गरेको उपलब्धि देखेर खुशी भएको उल्लेख गर्दै युवा पुस्ताले टोलीको बहादुर भावनाको बिँडो थामेर पार्टी, मुलुक र जनतालाई नयाँ उपलब्धि हासिल गर्न पत्रमा प्रोत्साहन दिनु भएको छ।

Close
Messenger Pinterest LinkedIn