नेपाली

सी चिनफिङद्वारा स छ्वानको निरीक्षणका क्रममा महत्त्वपूर्ण निर्देशन

cri2023-07-30 17:19:09

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हालै चीनको स छ्वान प्रान्तमा निरीक्षण गर्ने क्रममा चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनको भावनालाई व्यापक रूपमा अध्ययन र कार्यान्वयन गर्नुपर्ने बताउँनु भएको छ। उहाँले नयाँ युग र यात्रामा चिनियाँ कम्युनिष्ट्र पार्टीको मुख्य कार्य र सबभन्दा महत्वपूर्ण उद्देश्यलाई दृढताका साथ बुझ्नुपर्ने कुरामा जोड दिनुभयो।

सी चिनफिङले राष्ट्रिय विकास बमोजिम स छ्वान प्रान्तले आफ्नो रणनीतिक स्थिति र उद्देश्यलाई अझ बुझ्नुपर्ने, वैज्ञानिक र प्राविधिक नवप्रवर्तन क्षमतालाई सुधार गर्नुपर्ने र आधुनिक औद्योगिक प्रणालीको निर्माण गर्नुपर्ने बताउनुभयो। ग्रामीण पुनरुत्थानको कार्यलाई प्रवर्द्धन बनाउँदै प्राकृतिक वातावरणको सँरक्षणका लागि नयाँ प्रगति बनाउनुपर्ने र नयाँ युगमा स छ्वान प्रान्तलाई सुदृढीकरण बनाउन नयाँ सफलता हासिल गर्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो।

जुलाई २५ देखि २७ तारिखसम्म सीपीसीका स छ्वान प्रान्तीय सचिव वाङ स्याउ ह्वै र स छ्वान प्रान्तका प्रमुख ह्वाङ छ्याङको साथमा सी चिनफिङले क्वाङ युआन, द याङ लगायतका अरू ठाउँको निरीक्षण कार्य गर्नुभएको थियो। जुलाई २९ तारिख पैचिङ फर्कने क्रममा सी चिनफिङले पल्लो शान्सी प्रान्तको हान चौं शहरमा पुगेर त्यहाँको निरीक्षण कार्य पनि गर्नु भएको थियो।

Close
Messenger Pinterest LinkedIn