नेपाली

विश्व विद्यालय खेलकुदमा सहभागी पाहुनालाई सी चिन फिङद्वारा सम्बोधन

cri2023-07-28 18:51:33

जुलाई २८ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र उहाँकी श्रीमती फङ ली युआनले छन तुमा ३१ औँ विश्व विश्वविद्यालय गृष्मकालीन खेलकुदको उद्घाटन समारोहमा सहभागी भएका अन्तर्राष्ट्रिय पाहुनाहरूलाई स्वागत गर्न स छ्वान प्रान्तको छन तु शहरस्थित होटलमा दिवाभोज कार्यक्रम आयोजना गर्नुभएको छ।

सी चिन फिङले चीन सरकार र चिनियाँ जनताको तर्फबाट छन तु ३१ औँ विश्व विश्वविद्यालय गृष्मकालीन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन चीन आएका अन्तर्राष्ट्रिय विशिष्ट अतिथिहरूलाई न्यानो स्वागत गर्दै सम्बोधन गर्नुभयो। उहाँले सबैलाई चीनको छन तु शहर घुम्न स्वागत गर्नुका साथै चिनियाँ शैलीको आधुनिकीकरणको अनुभव गर्ने सुझाव पनि दिनुभयो।

Close
Messenger Pinterest LinkedIn