नेपाली

चीनद्वारा जर्जियासँग रणनीतिक साझेदारी सम्बन्ध स्थापना

cri2023-07-28 15:18:23

जुलाई २८ तारिख विहान चीनका राष्ट्राध्यक्ष सी चिनफिङले छङतुमा ३१औँ विश्व विश्वविद्यालय ग्रीष्म खेलकुदको उद्धाटन समारोहमा भाग लिनुहुने जर्जियाका प्रधानमन्त्री गरिबाश्भिलीसँग भेटवार्ता गर्नुभएको छ।

चीन जर्जियाको दौत्य सम्बन्ध स्थापना भएको ३१ वर्षयता, दुवै पक्षबीचको राजनीतिक आपसी विश्वास सुदृढ हुँदै विभिन्न क्षेत्रका सहयोगात्मक उपलब्धि पनि प्रशस्त भएको राष्ट्राध्यक्ष सीले बताउनु भएको छ। यस पटक चीनको भ्रमणमा दुवै पक्षले संयुक्त विज्ञप्तिको घोषणा गर्ने, चीन जर्जिया रणनीतिक साझेदारी सम्बन्ध स्थापनाबारे घोषणा गर्ने योजना रहेकाले राष्ट्राध्यक्ष सीले व्यक्त गर्दै दुवै पक्षले यसलाई नयाँ शुरूवात बिन्दु लिएर उक्त सम्बन्धलाई स्वस्थ र स्थिर विकासलाई अघि बढाउनुपर्ने बताउनुभएको छ।

जर्जियाका प्रधानमन्त्री गरिबाश्भिलीले जर्जियाले दृढताका साथ एक चीनको नीतिको पालना गरी चीनसँगको मित्रता र सहयोगलाई उच्च ध्यान दिँदै चीनले जर्जियासँगको सम्बन्ध रणनीतिक साझेदारी सम्बन्धमा उकासिने काम गरेको भन्दै धन्यवाद गरेर यस निर्णयले दुवै मुलुकलाई वास्तविक हित पुर्याउने विश्वास लिएको बताउनुभएको छ।

Close
Messenger Pinterest LinkedIn