नेपाली

सी चिनफिङ र गुयानाका राष्ट्रपतिबीच भेटवार्ता

cri2023-07-28 14:58:55

जुलाई २८ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले ३१ औँ समर युनिभर्सियाडको उद्घाटन समारोहमा सहभागी हुन चीन आउनु भएका गुयानाका राष्ट्रपति अलीसँग भेट-वार्ता गर्नुभयो। सी चिनफिङले चीन र गुयाना टाढा भए पनि दुई देशको मित्रताको लामो इतिहास रहेको बताउनुभयो। दुई पक्षले साझा भविष्यका साथ निकट चीन-गुयाना समुदायको निर्माणलाई प्रवर्द्धन गर्न सँगै काम गर्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो।

सी चिनफिङले भन्नुभयो कि: "छङ तुमा ३१ औं समर युनिभर्सियाडको उद्घाटन समारोहमा भाग लिन राष्ट्रपतिलाई चीनमा स्वागत छ। सन् २०२१ को मार्चमा, मैले राष्ट्रपतिसँग फोनमा कुरा गरें र चीन-गुयाना सम्बन्धमा महत्वपूर्ण सहमतिमा पुगेका छौँ। केही वर्षमा गुयाना नयाँ ऊर्जाको विकासको साथै द्रुत गतिमा राष्ट्रिय निर्माणमा परिवर्तन भइरहेको छ र जनताको जीवनस्तरमा निरन्तर सुधार भइरहेको छ। अहिले चीनले उच्च गतिको गुणस्तरीय विकासलाई चिनियाँ शैलीको आधुनिकीकरणलाई बढावा दिइरहेको छ, जसले गुयाना र दुवै देशको सहयोगका लागि नयाँ अवसरहरू ल्याउनेछ। ”

अलीले गुयाना र चीनबीचको सम्बन्ध राम्रोसँग विकास भएको र राजनीतिक आपसी विश्वास निकै बलियो रहेको बताउनुभयो। गुयानाले राष्ट्राध्यक्ष सी चिनफिङको उत्कृष्ट नेतृत्वको उच्च प्रशंसा गरेको भन्दै चीनको अन्तर्राष्ट्रिय प्रभावलाई उच्च मूल्याङ्कन गरेको पनि अलीले बताउनुभयो। गुयानाले चीनलाई अत्यन्त भरपर्दो साझेदारको रूपमा लिन्छ र चिनियाँ उद्यमहरूलाई गुयानामा लगानी गर्न तथा व्यापार सुरु गर्न स्वागत गर्ने उहाँले स्पष्ट पार्नुभयो।

Close
Messenger Pinterest LinkedIn