नेपाली

सम्पूर्ण सेनाको पार्टी निर्माण सम्मेलनमा सी चिनफिङको महत्वपूर्ण निर्देशन

cri2023-07-22 07:00:43

जुलाई २०-२१ बेइजिङमा सम्पूर्ण सेनाको पार्टी निर्माण सम्मेलन आयोजना भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले सो सम्मेलनलाई महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले जोड दिँदै भन्नुभयोः " चिनियाँ कम्युनिष्ट पार्टीको १८औँ राष्ट्रिय महाधिवेशनयता, सेनामा पार्टीको नेतृत्व र पार्टी निर्माणमा हासिल गरेका उपलब्धिलाई सुदृढ तुल्याउन र नयाँ युगको नयाँ यात्रामा सेनामा पार्टीको नेतृत्व र निर्माण कार्यमा नयाँ परिस्थिति सिर्जना गर्नका लागि यस पटकको सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नु अत्यन्त महत्वपूर्ण छ।

सो सम्मेलनमा सम्बद्ध विषयहरूबारे छलफल गरिनुका साथै १५ सैन्य एकाइहरू बीच वैचारिक आदानप्रदान पनि भएको छ।

Close
Messenger Pinterest LinkedIn