नेपाली

सी चिनफिङद्वारा केन्द्रीय वित्त तथा अर्थ समितिको दोस्रो सम्मेलनको अध्यक्षता

cri2023-07-21 16:29:54

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् केन्द्रीय वित्त तथा अर्थ समितिका प्रमुख सी चिनफिङले जुलाई २० तारिख अपरान्ह केन्द्रीय वित्त तथा अर्थ समितिको दोस्रो सम्मेलनको अध्यक्षता गर्नुभएको छ।

सी चिनफिङले उक्त सम्मेलनमा खाद्य सुरक्षा मुलुकलाई ठूलो प्रभाव पर्ने ठूलो कार्य भएको र खेतीयोग्य जमीन खाद्य उत्पादनको महत्वपूर्ण कारक-तत्व भएको भन्दै खेतीयोग्य जमीनको संरक्षण गर्न, खेतीयोग्य जमीनको गुणस्तरलाई माथि उकास्न तथा कृषि उत्पादन क्षमतालाई बढाउने कुरामा जोड दिनुभयो।

Close
Messenger Pinterest LinkedIn