नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी र अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरबीच भेटवार्ता

cri2023-07-20 16:57:59

जुलाई २० तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले अमेरिकी पूर्व विदेशमन्त्री हेनरी किसिन्जरसँग बेइजिङमा भेटवार्ता गर्नुभएको छ।

भेटमा राष्ट्राध्यक्ष सीले भन्नुभयोः डा. किसिन्जरले भर्खरै आफ्नो १००औँ जन्मदिवस मनाउनुभएको छ र चीनको सयभन्दा बढी पटक भ्रमण गर्नुभएको छ। यसै सन्दर्भमा डा. किसिन्जरको यस चीन भ्रमणको विशेष अर्थ रहेको छ।

वर्तमान विश्व परिस्थितिबारे चर्चा गर्दै राष्ट्राध्यक्ष सीले यसरी भन्नुभयोः विश्व अहिले एक शताब्दीमा नदेखिएका ठूला परिवर्तनहरूमा जेलिरहेको छ, पृष्ठभूमिमा अन्तर्राष्ट्रिय परिपाटीमा पनि ठूलो परिवर्तन भइरहेको छ। भविष्यउन्मुख चीनले अमेरिकासँगै मिलेर एक अर्काको सही व्यवहार गर्ने बाटो खोज्दै पारस्परिक सम्बन्धलाई स्थिर रूपमा अघि बढाउने इच्छा लिएको छ। जसबाट दुवै देश लगायत सम्पूर्ण विश्वको हित कल्याणको लागि पनि फाइदाजनक हुने छ। डा. किसिन्जरसमेत अमेरिकी व्यक्तित्वहरूले चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन रचनात्मक भूमिका निर्वाह गर्दै जाने अपेक्षा पनि गरिएको छ।

भेटमा डा.किसिन्जरले भन्नुभयोः अमेरिका-चीन सम्बन्ध यी दुई मुलुक लागयत सम्पूर्ण विश्वको शान्ति तथा समृद्धिका लागि निकै महत्वपूर्ण छ। वर्तमान परिस्थितिमा हामी दुई देशले ‘शाङहाइ विज्ञप्ति’ मा तोकिएको सिद्धान्तको पालना गर्दै चीन भन्ने सिद्धान्त चीनको लागि अत्यन्तै महत्वपूर्ण भन्ने कुरा बुझेर आपसी सम्बन्धलाई सकारात्मक दिशातिर विकास गर्दै लानुपर्छ। अमेरिका र चीनबीचको जनस्तरीय सम्बन्ध बढाउनका लागि प्रयास जारी रहने आशा गर्छु।

Close
Messenger Pinterest LinkedIn