नेपाली

पर्यावरण संरक्षणमा चिनियाँ राष्ट्राध्यक्षको जोड

cri2023-07-19 16:38:48

चिनियाँ कम्युनिस्ट पार्टी सीपीसी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चीन पर्यावरण संरक्षण सम्मेलनमा उपस्थित भएर एक महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। भावी ५ वर्ष नै सुन्दर चीनको निर्माणको निर्णायक समय भएको तथा उच्च गुणस्तरको पर्यावरणीय वातावरणबाट उच्च गुणस्तरीय विकासमा समर्थन दिइनु आवश्यक रहेको र मानवजाति तथा प्रकृति बीच मेलमिलाप हुने आधुनिक समय बनाउने क्रमलाई तीव्र पार्दैजान पनि सीले आह्वान गर्नुभयो।

पर्यावरणीय सभ्यताको निर्माण गर्दा ध्यान दिनुपर्ने महत्वपूर्ण सम्बन्धहरूबारे चर्चा गर्दै सीले जनाउनुभयोः पहिलो, उच्च गुणस्तरीय विकास र उच्च स्तरीय संरक्षण बीचको सम्बन्ध। दोस्रो, मुख्य कठिन समस्याहरूको समाधान गर्नु र सँगसँगै सहयोग गरेर काम गर्नु बीचको सम्बन्ध। तेस्रो, प्रकृतिको भरमा परी पुनर्स्थापना गर्नु र मानवजातिले गर्ने मर्मत बीचको सम्बन्ध। चौथो, बाह्य अवरोध र आन्तरिक शक्तिको संयोजन सम्बन्ध र पाँचौँ, कार्बन निष्काशन सम्बन्धि २ प्रतिबद्धता र स्वतन्त्र कार्य बीचको सम्बन्ध।

यसका अतिरिक्त, सुन्दर चीनको निर्माणकालागि प्रत्याभूति प्रणालीको सुधार गर्नुका साथै पर्यावरणीय संरक्षण सम्बन्धि केन्द्रिय सरकारको निगरानी भूमिकालाई निर्वाह गर्दैजाने पनि सीले औंल्याउनुभयो।

Close
Messenger Pinterest LinkedIn