नेपाली

सी चिनफिङ र अल्जेरियाका राष्ट्रपतिबीच भेटवार्ता

cri2023-07-19 06:25:18

जुलाई १८ तारिख अपरान्ह चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन वृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका अल्जेरियाका राष्ट्रपति अब्देलमाजिड टेबुन्नसँग भेटवार्ता गर्नुभएको छ।

राष्ट्राध्यक्ष सीले चालू वर्ष चीन र अल्जेरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ६५औं वार्षिकोत्सव भएको भन्दै ६५ वर्षयता चीन र अल्जेरियाले एक अर्कालाई सहयोग तथा पारस्परिक रुपमा समर्थन दिएको बताउनुभयो। सीले चीनले अल्जेरियासँग मिलेर परम्परागत मित्रतालाई बढाउने तथा चीन र अल्जेरियाको चौतर्फी रणनीतिक साझेदारी सम्बन्धमा ठूलो प्रगति हासिल गर्न चाहेको पनि बताउनुभयो।

सीले थाइवान, सिन्च्याङ, मानव अधिकारआदि विषयहरूमा अल्जेरियाले चीनको न्यायिक अडानमा समर्थन दिएकोमा कृतज्ञता ज्ञापन व्यक्त गर्नुभयो। साथै सीले चीनले अल्जेरियालाई राष्ट्रिय सर्वभौमिकता, स्वतन्त्रता र भूभागको अक्षुण्णताको संरक्षण गर्न समर्थन दिएको बताउनुभयो।

टेबुन्नले चीनले लामो समयदेखि अल्जेरियालाई मूल्यवान समर्थन दिएकोमा कृतज्ञता ज्ञापन व्यक्त गर्नुभयो। अल्जेरियाले “बेल्ट एण्ड रोड” को साझा निर्माणमा सक्रियताका साथ संलग्न हुने आशा व्यक्त गर्नुका साथै चिनियाँ पर्यटकहरूलाई अल्जेरियामा स्वागत गर्नचाहेको बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn