नेपाली

सी चिनफिङदवारा रूसी संघीय परिषदका अध्यक्षसँग भेट

cri2023-07-10 18:57:21

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १० तारिख दिउँसो जन वृहत्त सभा भवनमा रूसी संघीय परिषदका अध्यक्ष भालेन्टिना इभानोभना मातभियेन्कोसँग भेट गर्नुभएको छ।

सो भेटका अवसरमा सी चिनफिङले रूससँग मिलेर नयाँ युगको व्यापक रणनीतिक सहयोगी साझेदारी सम्बन्धको विकास गरी समृद्धि, स्थिर, न्याय, निष्पक्ष संसारको रचना अघि बढाउने इच्छा लिएको उल्लेख गर्नुभयो।

सी चिनफिङले विधान संस्थाको सहकार्य चीन-रूस सम्बन्धको महत्वपूर्ण अंश हो भन्दै दुई पक्षले संयुक्त प्रयास गरी आफू र राष्ट्रपति पुटिनबीच सम्पन्न भएको महत्वपूर्ण सहमतिको पालना गरेर विधान तहबाट दुई देशका विभिन्न क्षेत्रका सहयोगको स्वास्थ्य विकासलाई बढाउनसक्ने आशा आफूले लिएको उल्लेख गर्नुभयो।

Close
Messenger Pinterest LinkedIn