नेपाली

सी चिनफिङद्वारा प्रशान्त द्वीप नीतिमा जोड

cri2023-07-10 18:32:29

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुलाई १० तारिख पैचिङमा सोलोमोन टापुहरूका प्रधानमन्त्री मानासेह सोगाभारेसँग वार्ता गर्दै प्रशान्त द्वीप नीतिसम्बन्धी चीनको नीति “चार वटा पूर्ण सम्मान” मा अडिग रहेको दोहोर्याउनुभएको छ।

सी चिनफिङले चीन र प्रशान्त टापु देशहरू नै विकासोन्मुख मुलुक हुन् भन्दै दक्षिण-दक्षिण सहयोग प्रारूपमा आपसी सहयोगलाई बढाउनुपर्ने उल्लेख गर्नुभयो। चीनको प्रशान्त द्वीप नीति नै “चार वटा पूर्ण सम्मान” अर्थात एक, टापु देशहरूको सार्वभौमिकता र स्वतन्त्रतामा पूर्ण रूपमा सम्मान गरी ठूला-साना देशमाथि सबै समान व्यवहार, दुई, टापु देशहरूको इच्छालाई पूर्ण रूपमा सम्मान गरी साझा सल्लाह, रचना, सेयर, फाइदामा अडिग रहन्छ, तीन, टापु देशहरूका राष्ट्रिय साँस्कृतिक परम्परामा पूर्ण रूपमा सम्मान गरी भिन्नता राखेर संयुक्त विकास गर्नेमा अडिग रहन्छ र चार, टापु देशहरूबीच जोडेर विकासमा पूर्ण रूपमा सम्मान गरी निलो प्रशान्तको सन् २०५० रणनीतिको पालना गर्न समर्थन गरेर शान्तिपूर्ण, मेलमिलापयुक्त, सुरक्षा, उदार, समृद्ध र निलो प्रशान्तको रचना गर्न योगदान गर्छ।

Close
Messenger Pinterest LinkedIn