सी चिनफिङ र न्युजिल्याण्डका प्रधानमन्त्रीबीच भेटवार्ता
चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २७ तारिख अपरान्ह जन वृहत सभा भवनमा चीन भ्रमणमा रहनुभएका न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस हिप्किन्ससँग भेटवार्ता गर्नुभएको छ।
सन् २०१४ मा आफूले न्युजिल्याण्डको भ्रमण गरेको, चीन र न्युजिल्याण्डले चौतर्फी रणनीतिक साझेदारी सम्बन्धको स्थापना गरेको, हालैका दश वर्षयता चीन र न्युजिल्याण्डबीचको सम्बन्ध निरन्तर, स्वस्थ र स्थिर रुपमा विकास भएको, दुई मुलुकका जनता यसबाट लाभान्वित भएको कुरा सी चिनफिङले बताउनुभयो। सीले चीन र न्युजिल्याण्डले दुई मुलुकको सम्बन्धको नयाँ पचास वर्ष सुरु गर्न प्रयास गर्ने कुरा पनि उल्लेख गर्नुभयो।
हिप्किन्सले गत वर्ष न्युजिल्याण्ड र चीनबीचक दौत्य सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सव भएको भन्दै द्विपक्षीय सम्बन्धको महत्वपूर्ण कोसे-ढुङ्गा भएको कुरा व्यक्त गर्नुका साथै यस पटकको भ्रमणले द्विपक्षीय सहयोगलाई अगाडी बढाउने आशा व्यक्त गर्नुभयो।