नेपाली

बारबिक्यू पसलमा ग्यास विस्फोट घटनापछि चिनियाँ राष्ट्राध्यक्षको महत्वपूर्ण निर्देशन

cri2023-06-22 16:08:16

जुन २१ तारिख निङ्श्या ह्वी जातीय स्वायत्त प्रदेशको यीन छ्वान शहरको सिङ छिङ क्षेत्रमा रहेको फु याङ बारबिक्यू पसलमा ग्यास विस्फोट भएको छ। हालसम्म यस घटनाबाट कम्तीमा ३१ जनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन्। यसप्रति चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय समितिको सैनिक समितिका अध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँका अनुसार धेरै व्यक्ति हताहत भएको यस घटना कष्टप्रद छ, सक्दो घाइतेहरुको उद्धार गर्न तथा राम्रोसँग काम गर्नुका साथै छिटो रुपमा यस दुर्घटनाको कारण पत्ता लगाउनुपर्छ। उहाँले मृतकका परिवारप्रति सान्त्वना पनि व्यक्त गर्नुभएको छ।

उहाँले ड्रयागन महोत्सवको अवधिमा सम्बन्धित् विभिन्न क्षेत्र र विभागहरुले शान्ति विकासको अवधारणालाई दृढताका साथ पालना गर्दै जनतालाई पहिलो स्थानमा राख्ने विचारलाई अवलम्बन गर्दै सम्बन्धित् विभागहरुले फेरि एकपटक सुरक्षा जोखिम सम्बन्धी विशेष व्यवस्थापन कार्य बढाउन भन्नुभएको छ। ठूलो घटनाको प्रभावकारीरूपमा प्रतिरोध गर्दै जनधनको प्रत्याभूति गर्न जोड दिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn