नेपाली

चीनका राष्ट्राध्यक्ष सीद्वारा बेल्जियमका नामी मित्रलाई जवाफी पत्र

cri2023-06-20 15:17:40

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले बेल्जियमका नामी मित्र व्यक्ति तौङ बोलाई जवाफी पत्र पठाएर चीन-बेल्जियम र चीन-युरोप मित्रतालाई अघि बढाउन उहाँलाई प्रोत्साहन गर्नुभएको छ।

सीले तौङ बोको पत्र पढेर सन् २०१४ मा श्रीमतीसँग बेल्जियमको भ्रमण गर्दा राजा फिलिप जोडीसँगसँगै प्याराडाइज चिडियाखानाको पाण्डा पार्कको उद्घाटन समारोहमा भाग लिएको दृश्य सी चिनफिङले स्मरण गर्दै पत्रमा उल्लेख गर्नु भएको छ। चीनको मित्रता सन्देशवाहकको रूपमा रहेका दुईटा पाण्डा पनि बेल्जियममा राम्ररी हुर्किएको थाहा पाएर खुशी लागेको राष्ट्राध्यक्ष सीले पत्रमा लेख्नु भएको छ।

हालै बेल्जियम प्याराडाइज चिडियाखानाका प्रमुख एवम् संस्थापक तौङ बोले चीनका राष्ट्राध्यक्ष सी चिनफिङलाई पत्र लेखेर सन् २०१४ को मार्चमा राष्ट्राध्यक्ष सी र श्रीमती फङ ली युआनसँग प्याराडाइज चिडियाखानाको पाण्डा पार्कमा जानुभएको दृश्यको सम्झना गर्नुभएको छ। उहाँले पत्रमा चिडियाखानाको चिनियाँ पार्कमा मानव र प्रकृति समन्वय सहअस्तित्व भएको विचारधार देखाइएर चीनको विकास र समृद्धि साझा शेयर गर्ने मौका रहेको उहाँले व्यक्त गर्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn