नेपाली

१५ औँ जलडमरू मञ्चलाई सी चिनफिङको शुभकामना पत्र

cri2023-06-17 17:20:19

जुन १७ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्राध्यक्ष सी चिन फिङले १५ औँ जलडमरू मञ्चलाई शुभकामना पत्र पठाउनुभएको छ।

सी चिन फिङले जलडमरू मञ्च चिनियाँ जलडमरूको दुवै छेउमा रहेका बासिन्दाहरूबीचको व्यापक आदान-प्रदानलाई प्रवर्द्धन बनाउन र दुवै पक्षको गैर-सरकारी आदान-प्रदान तथा सहकार्यलाई प्रवर्द्धन गर्ने एउटा महत्त्वपूर्ण मञ्च भएको उल्लेख गर्नु भएको छ। जलडमरूको दुवै छेउका बासिन्दाहरूले जलडमरू मञ्चमार्फत कुराकानी गर्नसक्ने र मित्रतालाई बलियो बनाउनसक्ने छन्। जलडमरू मञ्चले क्रस-स्ट्रेट जनताबीचको आदान-प्रदानलाई विस्तार बनाउने र दुवै पक्षबीचको एकीकरण तथा विकासको गहन बनाउनसक्ने आशा पनि शुभकामना सन्देशमा उहाँले लिनुभएको छ।

जलडमरूका दुवै छेउका बासिन्दाहरूले इतिहासको महत्वपूर्ण प्रवृत्तिलाई संयुक्त रूपमा बुझ्ने, जातीय धार्मिकतामा अडिग बनाउने, दुवै पक्षीय सम्बन्धको शान्तिपूर्ण विकासलाई प्रवर्द्धन गर्न र एकीकरणको महान् कार्यमा योगदान पुर्याउने आशा पनि सी चिन फिङले लिनुभएको छ।

Close
Messenger Pinterest LinkedIn