नेपाली

सी चिनफिङद्वारा विश्व मानवअधिकार सुशासन उच्च मञ्चलाई बधाई सन्देश

cri2023-06-14 10:27:17

जुन १४ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विश्व मानवअधिकार सुशासन उच्च मञ्चलाई बधाई सन्देश पठाउनुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले हाल मानवजाति फेरि पनि चौबाटोमा उभिएको भन्दै विश्व मानवअधिकार सुशासनसमक्ष गम्भीर चुनौती देखा परेको उल्लेख गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले सुरक्षित रूपमा मानवअधिकारको संरक्षण तथा विकास गरी मानवअधिकारको प्रबर्द्धन र सहयोगबाट मानवअधिकारलाई अघि सार्ने प्रस्ताव प्रस्तुत गरेको पनि दोहोर्याउनुभयो।

राष्ट्राध्यक्ष सीले चीन जनतालाई प्राथमिकतामा अडिग रहेर स्वदेशी अवस्थासँग अनुकूलन मानवअधिकार विकास बाटो हिँड्ने भन्दै चीनले अन्तर्राष्ट्रिय समूहसँग भियना घोषणापत्र र कार्यक्रमको भावनाको पालना गरी विश्व मानवअधिकार सुशासनलाई अझ न्यायपूर्ण तथा उदार रूपमा विकास गरेर मानव भाग्य समुदायको रचना बढाउने इच्छा लिएको पनि बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn