नेपाली

'महिला, बालबालिका र महिला महासंघको कार्यसम्बन्धी सी चिनफिङका बयानहरू' प्रकाशित

CRI2023-06-11 18:48:44

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको पार्टी इतिहास र सामग्री अनुसन्धान संस्थानद्वारा सम्पादित 'महिला, बालबालिका र महिला महासंघको कार्यसम्बन्धी सी चिनफिङका बयानहरू' नामक पुस्तक हालै प्रकाशित भई देशभर वितरण गरिएको छ।

महिला, बालबालिका तथा महिला महासंघको कामबारे सी चिनफिङले जारी गर्नुभएका महत्वपूर्ण टिप्पणीहरूको शृङ्खलाले महिलाका मुद्दाहरूको विकास गर्न, नयाँ युग र नयाँ यात्रामा महिला सम्बन्धित कामलाई राम्रोसँग अघि बढाउन, पुरुष र महिलाबीच समानता भन्ने आधारभूत राष्ट्रिय नीतिको पालना गर्न, महिला र बालबालिकाको वैधानिक अधिकार र हितको संरक्षण गर्न र आधुनिक समाजवादी देशको चौतर्फी निर्माण एवम् चिनियाँ राष्ट्रको महान् पुनरूत्थानमा नयाँ योगदान गर्न महिलाहरूलाई मार्गदर्शन गर्नको लागि पुस्तकको निकै ठूलो महत्व रहेको छ।

उक्त पुस्तकलाई ८ वटा मुख्य विषयमा विभाजन गरिएको छ जसमा सन्२०१२नोभेम्बर २९ देखि सन्२०२३ मार्च ६सम्मको अवधिमा सीले लेख्नुभएका प्रतिवेदन, भाषण, बधाई सन्देश, निर्देशन लगायत जम्मा गरी ५० भन्दा बढी महत्वपूर्ण दस्तावेजबाट निकालिएका १७४ वटा अनुच्छेदहरू छन्। तीमध्ये केही बयानहरू पहिलो पटक प्रकाशित भएका हुन्।

Close
Messenger Pinterest LinkedIn