नेपाली

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र दक्षिण अफ्रिकी राष्ट्रपतिबीच टेलिफोन वार्ता

CRI2023-06-10 15:25:54

जुन ९ तारिख बेलुकी चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला सिरिल रामाफोसासँग टेलिफोन वार्ता गर्नुभएको छ।

सी चिनफिङले चीन र दक्षिण अफ्रिका महत्वपूर्ण विकासोन्मुख मुलुक हुनुका साथै दुई मुलुकको सम्बन्ध विकासोन्मुख मुलुकहरूबीचको साझा हितको संरक्षण गर्न र चीन-अफ्रिका एकता तथा सहयोगको निर्देश गर्नका लागि महत्वपूर्ण रणनीतिक अर्थ रहेको कुरा बताउनुभयो।

सीले चालू वर्ष ब्रिक्सको “दक्षिण अफ्रिकी वर्ष” भएकाले दुई मुलुकको सम्बन्धको सामु विकासको मौका देखापरेको बताउनुभयो। चीनले दक्षिण अफ्रिकासँग दुई मुलुकको सम्बन्धको स्तरलाई माथि उकास्ने, चीन र दक्षिण अफ्रिकाको उच्च स्तरीय भाग्य समुदायको सिर्जना गर्ने, बहुपक्षीयतावादको अक्षरशःपालना गर्ने, विकासोन्मुख मुलुकहरूको साझा हितको संरक्षण गर्ने आशा लिएको कुरा सीले व्यक्त गर्नुभयो।

प्रत्युत्तरमा रामाफोसाले दक्षिण अफ्रिकाले चीनसँग दुई मुलुकको सम्बन्धलाई अगाडि बढाउने, चीनलगायतका ब्रिक्स सदस्य मुलुकहरूसँग ब्रिक्स मुलुकहरूको सहयोग गर्ने र समन्वय सबल पार्ने कुरा बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn