नेपाली

भित्री मंगोलियामा सीमा नियन्त्रण र रक्षा बल निर्माणको अनुसन्धानमा चिनियाँ राष्ट्राध्यक्ष सी

CRI2023-06-09 19:51:42

जुलाई ७ का दिन चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले भित्री मंगोलियामा सीमा नियन्त्रणको अवस्था र सीमा रक्षा बलको निर्माणबारे निरिक्षण गर्नुभएको छ।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति र केन्द्रीय सैन्य आयोगका तर्फबाट उहाँले भित्री मंगोलियामा तैनाथ सीमा सुरक्षा बलका सबैलाई हार्दिक शुभकामना दिनुभएको छ। उहाँले नयाँ युगको सैन्य रणनीतिक सिद्धान्तको कार्यान्वयन गर्न, सीमा रक्षा र नियन्त्रणको क्षमतालाई सुधार गर्न, देशको सीमा रक्षा गर्न प्रयास गर्दै जाने पुष्टि गर्नुभयो। साथै उहाँले जन सेनाको स्थापना भएको १०० वर्षको लक्ष्य पूरा गर्नुमा ठूलो योगदान पुर्याउने जोड पनि दिनुभयो।

सो अवसरमा सीमा रक्षा अधिकारीहरू र सैनिकहरूको बारेमा चर्चा गर्दै सी चिनफिङले यसरी भन्नुभयोः सबै तहले सैन्य अधिकारीहरू र सैनिकहरूको अवस्थालाई ध्यानमा राख्नुपर्छ र व्यावहारिक कठिनाइहरूको समाधान गर्नुपर्छ। साथै विभिन्न पक्षमा उनीहरूलाई समर्थन गर्नुपर्छ।

Close
Messenger Pinterest LinkedIn