नेपाली

सी चिनफिङद्वारा चुङ व्हान औद्योगिक पार्कको निरीक्षण

CRI2023-06-08 19:16:22

जुन ७ तारिखदेखि ८ तारिखसम्म चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भित्री मंगोलियाको हू ह हाउ थ शहरमा निरीक्षण गर्नुभएको छ।

७ तारिख अपरान्ह सी चिनफिङले चुङ व्हान औद्योगिक पार्कको निरीक्षण गर्नुभयो। सी चिनफिङले स्थानीय नयाँ ऊर्जा स्रोत र नयाँ सामग्री व्यवसायको विकास, व्यवसाय बनौटको सामन्जस्यता, हरित तथा काम कार्बनयुक्त विकाससम्बन्धी अवस्थाबारे सुनुवाइ गर्नुभयो। त्यसपछि सी चिनफिङले उत्पादन कार्यशालामा उत्पादित वस्तुको उत्पादन प्रक्रियाको निरीक्षण गर्नुभयो।

चुङ व्हान औद्योगिक पार्कको सन् २०१९मा निर्माण हुन शुरु भएको थियो। हालसम्म यो पार्कका लागि ४६ अर्ब चिनियाँ युआनको लगानी पूरा भइसकेको छ।

Close
Messenger Pinterest LinkedIn