नेपाली

सी चिनफिङद्वारा चिनियाँ शैलीको आधुनिकीकरणको भित्री मंगोलियाको नयाँ अध्याय रच्ने कुरामा जोड

CRI2023-06-08 19:14:32

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले हाल भित्री मंगोलिया स्वायत्त प्रदेशको निरीक्षण गर्नुभएको छ। निरीक्षणका क्रममा उहाँले उच्च गुणस्तरको विकासको प्रथम कार्यलाई अगाडि बढाउने, चिनियाँ शैलीको आधुनिकीकरणको भित्री मंगोलियाको नयाँ अध्याय रच्ने कुरामा जोड दिनुभएको छ।

जुन ७ तारिखदेखि ८ तारिखसम्म सी चिनफिङले पा यान नाउ अरको निरीक्षण गर्नुका साथै मरुभूमिकरणको रोकथाम तथा प्रतिरोध र महत्वपूर्ण पर्यावरणीय परियोजनाहरूको निर्माणसम्बन्धी गोष्ठीको अध्यक्षता गर्नुभएपछि हु ह हाउ थ शहर जानुभयो।

जुन ७ तारिख अपरान्ह सी चिनफिङले चुङ व्हान औद्योगिक पार्कको निरीक्षण गर्नुभयो। उहाँले हरित विकास आवश्यक बाटो हो भन्दै हरियो ऊर्जा स्रोतको विकास गर्नु र चीनको महत्वपूर्ण ऊर्जा स्रोत आधार क्षेत्रको निर्माण बढाउनु भित्री मंगोलियाको विकासमा सबैभन्दा महत्वपूर्ण काम हो, भन्नुभयो।

जुन ८ तारिख विहान सी चिनफिङले भित्री मंगोलिया स्वायत्त प्रदेशको कार्य प्रतिवेदन सुनुवाइ गर्नुभयो। उहाँले जनतालाई केन्द्रको रुपमा राखेर विकासमा सर्वसाधारणको जीवनको प्रत्याभूति गर्नुपर्ने, रोजगारको प्राथमिकता नीतिलाई चौतर्फी रुपमा व्यवहारमा उतार्नुपर्ने, गरिबी मुक्तिको उपलब्धिलाई विस्तार गर्नुपर्ने कुरा बताउनुभयो।

Close
Messenger Pinterest LinkedIn