नेपाली

चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा ‘सांस्कृतिक ल्यान्डमार्क’ को निरीक्षण

cri2023-06-08 10:10:33

चिनियाँ जातिको सभ्यता ५ हजार वर्षदेखि निरन्तर चलिरहेको छ, यसलाई चिनियाँ जातिको मूल र आत्मा मानिन्छ। चिनियाँहरूले प्राचीनकालदेखि नै संस्कृतिको बिँडो थाम्दैआएका छन् र इतिहासको अध्ययनमा ध्यान दिँदै आएका छन्।

हालै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले दुईटा सांस्कृतिक ल्यान्डमार्क, चीनको राष्ट्रिय संस्करण सङ्ग्रहालय र चिनियाँ इतिहास प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ। यी दुईवटा ठाउँको अवलोकन गरेपछि उहाँले संस्कृतिको बिँडो थाम्ने सम्बन्धी सम्मेलनमा भाग लिनुहुँदै पहिलो पटक नयाँ युगको नयाँ संस्कृतिको सिर्जना गर्ने र चिनियाँ जातिको आधुनिक सभ्यताको सिर्जना गर्ने विचार प्रस्तुत गर्नुभएको छ।

चिनियाँ जातिको आधुनिक सभ्यताको सिर्जना गर्न सांस्कृतिक आत्मविश्वास लिएर आफूले छानेको बाटोमा अडिगरूपमा हिँड्न तथा आत्माको स्वतन्त्रतालाई कायम राख्न जोड दिँदै राष्ट्राध्यक्ष सीले खुलापन र सहिष्णुता अपनाएर इतिहासदेखि शक्ति ल्याएर आधुनिक सांस्कृतिक कथा लेख्न भन्नुभएको छ।

Close
Messenger Pinterest LinkedIn