नेपाली

साँस्कृतिक उत्तराधिकार बैठकमा सीद्वारा जोड

cri2023-06-03 16:40:32

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जुन २ तारिख पैचिङमा आयोजित साँस्कृतिक उत्तराधिकार बैठकमा उपस्थित भएर महत्वपूर्ण सम्बोधन गर्नुभएको छ।

सी चिनफिङले नयाँ सुरूवातमा साँस्कृतिक समृद्धिलाई अरू बढाउनु, साँस्कृतिक बलियो मुलुकको निर्माण गर्नु, चीन राष्ट्रको आधुनिक सभ्यताको रचना गर्नु नयाँ युगमा चिनियाँ नयाँ साँस्कृतिक लक्ष्य हो भन्ने कुरामा जोड दिनुभयो। चीनले साँस्कृतिक आत्म-विश्वासमा अडिग रही जिम्मा बोकेर हाम्रो युगको नयाँ सँस्कृतिको रचना गर्न र चीन राष्ट्रको आधुनिक सभ्यताको विकास गर्न संयुक्त प्रयास गर्नुपर्ने पनि उहाँले दोहोर्याउनुभयो।

बैठकअघि सी चिनफिलङे चाइना नेशनल लाइब्रेरी अफ एडिशन र चाइनिज एकेडेमी अफ हिस्ट्रीको निरीक्षण पनि गर्नुभएको थियो।

Close
Messenger Pinterest LinkedIn